News

धान खेती प्रबिधि

Paddy / Rice

 Land Preparation

Step I

धान खेती गरिने कुल क्षेत्रफलको करिब ५ देखि १० प्रतिशत जग्गामा ब्याड राख्नुपर्ने हुन्छ । अर्थात् एक कठ्ठा खेतमा धान रोप्नका लागि करिब २० वर्गमिटरको ब्याडमा बेर्ना तयार गर्नुपर्छ । चौडाइ १.२५ मिटर र लम्बाइ १६ मिटर भएको ब्याड राम्रो मानिन्छ । यदि एउटै गह्रामा एकभन्दा धेरै ब्याड बनाउनुपर्यो भने राम्रोसँग पानी बग्नका लागि बीचमा ३० सेन्टिमिटर जतिका नाली पनि बनाउनु पर्छ ।

Step II

माटो तयार पार्दा केही मल पनि प्रयोग गर्नुपर्छ । करिब २० वर्गमिटर जग्गामा बेड बनाउँदा २० किलो प्राङ्गारिक मल (ओएम) मा ३५० ग्राम डीएपी मल मिसाई एकनास सँग बेडभरि छर्ने । बेडको माथिल्लो ५ सेन्टिमिटरमा मात्र मल रहनुपर्छ, त्यो भन्दा गहिराइमा पुर्नुहुँदैन । बेडमा ठिक्क मात्रामा बीउ छर्नुपर्छ । १ कठ्ठामा रोप्नका लागि तयार पारिएको बेडमा सामान्यतया उन्नत जातको उच्च उत्पादन दिने बीउ १ किलो ६७० ग्राम चाहिन्छ भने हाइब्रिड बीउ ६७० ग्राम चाहिन्छ ।

 

Nursery

Step I

धानको बीउ ब्याड राख्ने ठाउँको माटो राम्रो हुनुपर्छ, पानीको सुविधा हुनुपर्छ र जनावरबाट जोगाउन सकिने हुनुपर्छ ब्याड राम्रोसँग तयार पारेको हुनुपर्छ र झारपातरहित बनाउनुपर्छ, यसका लागि कम्तीमा २/३ पटक जोत्ने, डल्ला फोर्ने र सम्याउने गर्नुपर्छ वर्षायाममा रोपिने धानका लागि, बीउ ब्याड तयार पार्ने उत्तम समय वैशाख/जेठ नै हो र सामान्यतया बीउब्याडका लागि हिलेब्याड नै तयार पारिन्छ । राम्रो गुणस्तरको बीउ प्रयोग गर्ने ।

Step II

धान खेती गरिने कुल क्षेत्रफलको करिब ५ देखि १० प्रतिशत जग्गामा ब्याड राख्नुपर्ने हुन्छ । अर्थात् एक कठ्ठा खेतमा धान रोप्नका लागि करिब २० वर्गमिटरको ब्याडमा बेर्ना तयार गर्नुपर्छ । चौडाइ १.२५ मिटर र लम्बाइ १६ मिटर भएको ब्याड राम्रो मानिन्छ । यदि एउटै गह्रामा एकभन्दा धेरै ब्याड बनाउनुपर्यो भने राम्रोसँग पानी बग्नका लागि बीचमा ३० सेन्टिमिटर जतिका नाली पनि बनाउनु पर्छ ।

Step III

माटो तयार पार्दा केही मल पनि प्रयोग गर्नुपर्छ । करिब २० वर्गमिटर जग्गामा बेड बनाउँदा २० किलो प्राब्गारिक मल (ओएम) मा ३५० ग्राम डीएपी मल मिसाई एकनास सँग बेडभरि छर्ने । बेडको माथिल्लो ५ सेन्टिमिटरमा मात्र मल रहनुपर्छ, त्यो भन्दा गहिराइमा पुर्नुहुँदैन ।

Step IV

बेडमा ठिक्क मात्रामा बीउ छर्नुपर्छ । १ कठ्ठामा रोप्नका लागि तयार पारिएको बेडमा सामान्यतया उन्नत जातको उच्च उत्पादन दिने बीउ १ किलो ६७० ग्राम चाहिन्छ भने हाइब्रिड बीउ ६७० ग्राम चाहिन्छ । ब्याडमा छर्ने धानको बीउ जुट वा कपडाको बोरामा राखी करिब ८ घण्टा (कोठाको तापक्रममा) पानीमा भिजाउनुपर्छ र सफा पानीले पखाल्नुपर्छ ।

Step V

भिजाएको बीउलाई छायाँमा राखी राम्रोसँग टुसाउन दिनुपर्छ र यसका लागि बेलाबेलामा पानीको आवश्यकता भएमा छरेर हल्का पानी दिनुपर्छ ।

Step VI

भिजाएको बीउलाई छायाँमा राखी राम्रोसँग टुसाउन दिनुपर्छ र यसका लागि बेलाबेलामा पानीको आवश्यकता भएमा छरेर हल्का पानी दिनुपर्छ ।

Step VII

केही दिन अर्थात् कम्तिमा ५ दिन माटोमा चिस्यान पूर्णरुपमा हुनुपर्छ, त्यसपछि भने पानीको तह ५ सेमि जति बढाउनुपर्छ । करिब २० वर्गमिटरको ब्याडमा (१ कठ्ठाका लागि) २०० ग्राम युरिया मल बीउ रोपेका १० दिनपछि राखिदिनुपर्छ ।

Transplanting

Step I

ठिक अवस्थामा (२०/२५दिन) पुगेको बेर्ना सार्दा नै छिटो बढ्ने, खेतमा एकनासको बाली देखिने, रोगकीरा तथा झारपातसँग लड्न सक्ने र बढी उत्पादन दिने बनाउन सकिन्छ । सही समय कुन भन्ने कुरा बेर्नाको अवस्थामा पनि भर पर्छ, जस्तैः बेर्नाको उमेर, स्थान, बालीको जात, पानीको उपलब्धता, बाली थन्क्याउन चाहने समय, आदि ।

Step II

धानका बेर्ना रोप्दा लाइनमा रोप्ने र दूरीचाहिँ २० से.मि. ह २० से.मि. राख्दा धेरै राम्रो हन्छ । लाइनमा बेर्ना रोप्दा गोडमेल गर्न सहज, घाम पनि छिर्ने र जथाभावी रोपेको ठाउँमा भन्दा लाइनमा रोपेको ठाउँमा झारपात तथा रोगकीरा पनि कम लाग्ने पाइएको छ । स्थानीय तथा उन्नत दुबै जातका धानका बेर्ना एउटा प्वालमा २ देखि ३ वटा रोप्नु राम्रो हुन्छ । तर हाइब्रिड (वर्णशंकर) जातको धान हो भने एउटा प्वालमा एउटा बेर्ना मात्र रोप्नुपर्छ । केही बेर्ना अलग्गै ठाउँमा जोगाई सुरक्षित राख्नुपर्छ । किनकि रोपेका ठाउँमा कुनै बेर्ना मर्न पनि सक्छन्, ती ठाउँमा पुनः रोप्न सकिन्छ । पुनः रोप्दा खेरी ७ दिनभित्रै रोपेको हुनुपर्छ ।

Top dressing

Step 1

कम्पोस्ट मल/गोबर मल ३०० देखि ५०० (के.जी.) बेर्ना रोप्नुभन्दा १ महिनाअघि डीएपी (डाइएमोनियम फस्फेट) २.१ (के.जी.) बेर्ना रोप्नुभन्दा ठिक अगाडि (म्युरेट अफ पोटास) १.७ (के.जी.) बेर्ना रोप्नुभन्दा ठिक अगाडि

 

थपमलको रुपमा प्रयोग गर्ने (टपड्रेस) मलहरू

पहिलो टपड्रेस युरिया ३.२ गाँज लाग्न सुरु गर्दा दोस्रो टपड्रेस युरिया ३.२ फूल खेल्न सुरु गर्दा

Harvesting

बाली थन्क्याउने तथा भण्डारण गर्ने कार्य

समयमै बाली थन्क्याउन सकियो भने धेरै फाइदा हुन्छन्, जस्तै दाना खसेर नष्ट हुन पाउँदैन, ढिकी वा मिलमा कुट्दा पनि राम्रो चामल प्राप्त हुन्छ र गुणस्तरीय चामल उत्पादन हुन्छ । धेरै छिटो बाली काटियो भने पनि धानको भुस बढी हुने र कुट्दा पनि चामल काटिने र कनिका बढ्ने हुन्छ । त्यसैगरी बढ्तै छिप्याएर धान काट्दा पनि खेतमै बाला तथा धानका दाना खस्ने, धेरै सुकेर खरिई धान झाँट्दा वा थ्रेस गर्दा धानका दाना चर्किने र ढिकी वा मिलमा कुट्दा कनिका पर्ने सम्भावना बढ्छ । अतः ठिक समयमा धान थन्क्याउन जान्नुपर्छ ।

सामान्यतया धानमा फूल वा बाला लागेको करिब ३० दिनमा धान पाकेको हुन्छ, करिब ८० देखि ८५ प्रतिशत दानामा पराले खैरो रंग देखा परेपछि पनि धान पाकेछ भन्ने जाने हुन्छ । अथवा बालाका तल्लो भागका दाना टिपेर दुई दाँतको बीचमा राखेर टोक्दा किचिक्क नभई कुडुब्ग गरेमा पनि धान राम्रोसँग पाकेको बुझिन्छ । त्यो बेलामा थन्क्याउनु राम्रो हुन्छ ।

Post Harvesting

बाली थन्क्याउने तथा भण्डारण गर्ने कार्य

धान काटेपछि सुख्खा खेतमै कम्तीमा २/३ दिन फिँजाएर पाँजा बनाई सुकाउनुपर्छ । बाली सुकेपछि सकेसम्म छिटो झाँट्ने, थ्रेस लगाउने वा दाइँ लगउने गर्नुपर्छ । झारिसकेको धान राम्रोसँग सुकाउनुपर्छ । यस्तो धानमा १४ प्रतिशतभन्दा बढी चिस्यान हुनु हुँदैन ।

थन्क्याएको सबै धान एकनाससँग सुकाएर राखेमा भण्डारणमा हुने रोगकीराको प्रकोप वा अन्य क्षतिबाट बचाउन सकिन्छ । सुकेको धानलाई राम्रोसँग केलाएर भण्डारण गर्नुपर्छ । भण्डारण गर्दा सकेसम्म सफा, शीतल ठाउँ, चिस्यान नभएको सुख्खा ठाउँमा र सम्भव भए सम्म एउटा सिल भएको वा टाइट बिर्को भएको भाँडोमा राख्नुपर्छ ।