News

बेर्ना कुहिने रोग

बेर्ना कुहिने रोग

नर्सरीमा प्रायः बेर्ना कुहिने रोग लाग्दछ । चित्र २१ मा देखाए जस्तै वेर्नाहरुको फेंद र जरा कुहिन्छ, जसको फलस्वरुप बेर्नाहरु ढल्दछन् र नष्ट हुन्छन् । यो रोग बिशेष गरेर माटोमा रहेका सुक्ष्म जीवाणु ढुँसीबाट हुने गर्दछ । बीउवाट पनि यो रोग संक्रमण हुने गर्दछ ।

ब्यवस्थापन

नर्सरी ब्याड बनाउँदा पहिला गोलभेंडा, आलु र भाण्टा नलगाएको नयाँ ठाउँमा गर्ने । प्रत्येक बर्ष अलग अलग ठाउँमा नर्सरी बनाउने । बढी बाक्लो हुने गरी बीउ नलगाउने र नर्सरी ब्याडमा बढी पानी हुन नदिने । बेर्नालाई कार्वेन्डाजिम ५० डव्लु.पी. (बेभिस्टीन) २ ग्राम प्रति लिटर पानीको दरले बनाएको झोलमा १०–१५ मिनटसम्म डुबाएर बेर्ना सार्ने । नर्सरी ब्याडमा वा खेतबारीमा रोग देखा परेमा ट्राइकोडर्मा ५ ग्राम वा कार्वेन्डाजिम ५० डव्लु.पी. (बेभिस्टीन) १ ग्राम प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्ने । नर्सरी ब्यवस्थापनमा उल्लेख गरे अनुसार बीउ, नर्सरी ब्याड र बेर्नालाई उपचार गर्ने ।